राजनीति

संविधान दिवस : नेकपा एमालेद्वारा सप्तरीका विभिन्न ठाउँमा दीप प्रज्वलन (फोटो फिचर)

कञ्चनरुप, ३ असोज । संघीय गणतन्त्र नेपालको संविधान जारी भइ आठौं वर्षमा प्रवेश गरेको अवसरमा आज देशैभरी उल्लासका साथ संविधान दिवस मनाइएको छ । स्थानीय तहदेखि प्रदेशस्तरीय विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइएको हो ।
सप्तरीको कञ्चनरुप नगरपालिका स्थित रुपनगर चौकमा नेकपा एमालेले मैनबत्ती प्रज्वलन गरि संविधान दिवस मनाएको छ ।
रुपनगर चौकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेलको नेतृत्वमा एमालेका नेता तथा कार्यकर्ताहरुले मैनबत्ती बालेर संविधान दिवस मनाएका हुन् ।

संविधान दिवशलाई सम्बोधन गर्दै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल

त्यस्तै सप्तकोशी नगरपालिकामा समेत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले फत्तेपुर बजारमा मैनबत्ती बालेर संविधान दिवस मनाएका छन् । उनीहरुले नेपालको नक्सा बनाएर मैनबत्ति बालेर संविधान दिवस मनाएका थिए ।
यति बेला मुलुक, नयाँ संविधानले मार्गनिर्देश गरेका अभिभाराहरूलाई आत्मसाथ गर्दै समृद्ध राष्ट्र निर्माण गर्ने दिशामा अगाडि बढेको छ।
संविधानसभाले २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो । सोही दिनलाई संविधान दिवसको रुपमा नेपालमा मनाउने गरिन्छ ।

फत्तेपुर बजारमा मैनबत्ती बालेर संविधान दिवस मनाए
आफनो अमूल्य भनाई राखदै सप्तकोशी का निबॅतमान मेयर उत्तम कुमार शर्मा
   

Add Comment

Click here to post a comment

You cannot copy content of this page