समाज

सप्तरीमा नहरले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला

सप्तरी, ४ असोज । सप्तरीमा आज (मंगलबार) नहरले बगाएर ल्याएको अवस्थामा पहिचान खुल्न नसकेको एक युवकको शव फेला परेको छ ।
सप्तरीको बिष्णुपुर गागाउँपालिका वडा नम्बर ६ स्थित नहरदेखि २ सय मिटर पश्चिम साईडमा नहरले बगाएर ल्याएको अवस्थामा अन्दाजी २५ वर्षका युवकको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।
पानीमा उतानो परेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको र घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page