समाचार समाज

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई मोटरसाईकल हस्तान्तरण

बिराटनगर, असोज ०५ गते । १ नम्बर प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई आज मोटरसाईकल हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका मुख्य मन्त्री राजेन्द्र कुमार राईले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीलाई बजाज कम्पनिको ६ वटा डोमिनार मोटरसाईकल हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्नु हुदै प्रदेश प्रहरी प्रमुख गिरीले प्रदेश सरकारबाट प्राप्त भएको ६ वटा मोटरसाईल प्रदेश प्रहरी कार्यालयले ट्राफिक ब्यवस्थापन, सवारी दुर्घटना न्युनिकरण तथा भिआईपिहरुको स्कर्टिङको लागि प्रयोग गरिने बताउनु भयो ।
प्रदेश सरकारबाट प्राप्त भएको उक्त मोटरसाईकल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीलाई उपलब्ध गराएको छ ।
कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतोले ट्राफिक ब्यबस्थापन तथा सवारी दुर्घटना न्युनिकरणका भावि योजनाहरु समेतको प्रस्तुतिकरण गर्नु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा मन्त्रालयका पदाधिकारी तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page