समाचार

सप्तरी प्रहरीद्वारा चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक

सप्तरी, १० असोज । जिल्ला प्रहरी कार्यालय सप्तरीले चाडपर्व लक्षित आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको छ । आजदेखि सुरु भएको दशैँ तथा तिहार र छठ पर्व लक्षित सप्तरी प्रहरीले आफ्नो सुरक्षा योजना सार्वजनिक गरेको हो ।
चाडपर्वको समयमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि जिल्लाभर ७ सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक अबि नारायण काफ्लेले जानकारी दिनुभयो । जिल्लाभर शान्ति, सुरक्षा कायम गर्न कार्यरत अधिकतम प्रहरी जनशक्ती, सवारी साधन लगायतका श्रोत साधनहरु परिचालन गरिने सप्तरीका प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
करिब ७ सय प्रहरी परिचालन गर्नुका साथै १७ वटा ४ पाङग्रे र ३६ वटा २ पाङ्ग्रे गाडी, सूचना संकलनको लागी सादा पोशाकमा प्रहरी परिचालन गरिने सप्तरी प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
यस्तै सार्वजनिक स्थान र सवारीसाधनमा हुन सक्ने दुव्र्यवहारलाई नियन्त्रण गरिने, मदिरा पसलहरूलाई निगरानिमा राखि समयमा नै बन्द गराईने योजना प्रहरीले बनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिको निर्णयानुसार जिल्ला स्थितमा रहेका नेपाली सेना,सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान बिभाग जिल्ला कार्यालय सप्तरी सँग समन्वय सहकार्य गरी भरपर्दो सुरक्षा ब्यबस्था मिलाईने सप्तरीका प्रहरी प्रमुख काफ्लेले जनाए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page