समाचार

प्रेस चौतारी सप्तरी शाखाको विधिवत रुपमा कार्य वाहक अध्यक्ष राई र सह सचिवमा आचार्य

डी राई –
कञ्चनरुप ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनरुप नगर कमिटीको कार्यालयमा बसेको प्रेस चौतारी नेपाल सप्तरी शाखाको बैठकको निर्णयले डम्बर राईलाई विधिवत रुपमा अध्यक्ष पदमा पदोन्नती गरेको छ ।
शाखाको २०७८ साल पुष २९ गते सम्पन्न सातौं जिल्ला अधिवेशनले राईलाई उपाध्यक्षमा चयन गरेको थियो । तत्काल अध्यक्ष निर्वाचित हुनुभएका खगेन्द्र कार्की चौतारीको पोखरामा चैत्र १३, १४ र १५ गते सम्पन्न नवौ राष्ट्रिय अधिवेशनमा सप्तरीबाट केन्द्रिय सदस्यमा चयन भएपछि कार्यवाहक अध्यक्ष भएर राईले शाखाको नेतृत्व गर्दै आएपनि विधिवत रुपमा कार्यसमितिले निर्णय गरेको थिएन । यसैगरी शाखाको रिक्त रहेको सहसचिव पदमा उत्सव आचार्यलाई पदोन्नती गरेको छ ।
सप्तरी शाखाका पिन्टु यादव, अर्चना परियार र भगवती मन्डर (थारु) चौतारी मधेश प्रदेशको कार्यसमितिमा चयन भएपछि उीिहरुको रिक्त स्थानमा शाखाले कार्यवाहकको रुपमा पदपूर्ती गर्ने निर्णय गरेको छ । यादव र मन्डर सहसचिवमा थिए भने परियार सदस्य पदमा जिम्मेवार थिए । मधेश प्रदेश समितिमा परियार महिला उपाध्यक्ष, यादव र मन्डर सदस्य पदमा हुनुहुन्छ ।

चौतारीको शनीवार बसेको बैठकले सप्तरीको कञ्चनरुप नगरपालिका १२ स्थित इयरकनको फिल्डमा यहि असोज १५ गते आउनुहुने राष्ट्रिय अध्यक्ष श्रद्वेय केपी ओलीलाई भव्य स्वागत गर्ने र आयोजित विशाल जनसभालाई सहयोग पुर्याउने छलफल गरेको चौतारीका केन्द्रिय सदस्य खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
मंसीर ४ गते हुनगइरहेको आसन्न निर्वाचनमा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा चौतारीको भुमिका रहने छ । बैठकको प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य तथा सप्तरी इन्चार्ज दिवाकर देवकोटाले पार्टीमा हरेक गतिविधि सुधार भएर आएको बताउनुभयो ।
सानो ठुलो तल माथी जस्ता कुनै पनि प्रकारको मतभेद तथा भिन्नता अब पार्टीमा हुदै नभएको दावी गर्दै उहाँले संचारकर्मीहरुलाई भन्नुभयो, यो देशमा जनताले चाहेको जस्तो आमुल परिवर्तन नेकपा एमाले विकल्प छैन । २०४८ सालमा काँग्रेस भन्दा सानो पार्टी एमाले आज यति विसाल पार्टी बन्न पुग्यो की देशमा एमाले एकातिर पाँच पाँच दल गठबन्धनमा एकातिर । सबै शक्ति एमालेको विरुद्घमा छन् तर पनि एमाले जनताको विश्वासिलो पार्टी भएकोले आउँदो आसन्न निर्वाचनमा एमाले बहुमत आउनेमा नेता देवकोटा ढुक्क हुनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी प्रदेश सदस्य तथा कञ्चनरुप नगरपालिका निवर्तमान नगरप्रमुख बसन्त कुमार मिश्रले संचारकर्मीहरुका लागि राज्यले सेवा सुविधाको प्रत्यायाभूती नगरेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो जसले देशमा भएका हरेक गतिविधिसंगै आम जनताको आवाजलाई समाचारको माध्यमबाट सम्बन्धित पक्षसम्म पुर्याउने तथा पहरेदारको काम गर्दछ उसैलाई कुनै प्रकारको सेवा सुविधा छैन । राज्य तथा संगठनमा आवद्घ संचारकर्मीलाई सम्बन्धित निकाय वा पार्टीले हेरविचार विचार गर्नैपर्छ उहाँले जोड दिनुभयो ।
चौतारीका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज खगेन्द्र कार्कीले संगठन र पत्रकारको व्यवहारमा सुधार गर्नुपर्ने कुरामा ध्यानाकार्षण गराउनुभयो । उहाँले सप्तरीको हकमा चौतारीको अवस्था राम्रै रहेको संकेत दिदै भन्नुभयो, हाम्रो संगठन बलियो र एकढिक्का छ यो अझै झ्याङ्गिनेक्रममा क्रियाकलापहरु बन्दै गएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page