समाचार समाज

धनकुटाको चिम्सुवाबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ

धनकुटा, असोज २६ गते । धनकुटा नगरपालिका ९ चिम्सुवाबाट प्रहरीले लागुऔषध गाँजा सहित बुधवार बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका ३ की ४९ वर्षीया बिष्णु कुमारी राई र ४३ वर्षीय उद्धिम भनिने उमेश राई रहेका छन् ।
धनकुटा नगरपालिका ९ चिम्सुवाबाट बिशेष सुचनाको आधारमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ५/५ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page