राष्ट्रिय समाचार

काठमाडौं सहित अधिकांश जिल्लामा ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बुधवार दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको भोटेकोसी आसपास केन्द्र भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ । भूकम्पको विस्तृत विवरण एकै क्षणमा अपडेट हुँदैछ ।
अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस भएको त्यहाँबाट स्थानीयले बताएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page