समाचार समाज

१३ वर्षपछि डाका मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी, २९ पुस । सप्तरी प्रहरीले डाका मुद्दाका एक फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक कुशहा गाबिस वडा नं. ४ हाल सुरुङ्गा नगरपालिका ६ का ३८ वर्षिय संजय भन्ने संजिव कुमार चौधरी रहेका छन ।
सोही नगरपालिकाका गोसाई चौधरी कलवारको घरमा मिति २०६६ साल भदौं १५ गते घरेलु हतियार देखाई संजिवसहितको एक समूहले सुन चाँदीका गरगहना र नगद समेत गरि लाखौंको सम्पत्ति लुटेर लगेका थिए ।
सम्मानित सप्तरी जिल्ला अदालतको मिति २०७१।०३।१७ गतेको आदेशले निज प्रतिवादीलाई ३ बर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
फरार रहेका संजिवलाई मिति २०७९।०९।२८ गते फेला पारी पक्राउ गरी आज २९ गते शुक्रबार सम्मानित सप्तरी जिल्ला अदालतमा उपस्थित गराइ कैद भुक्तानको लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेका अन्यको खोजी कार्य जारि रहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page