बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

कञ्चनरुप नगरपालिकामा मुसहरबस्तीका अतिविपन्न ३० जनालाई सिरक वितरण

कञ्चनरुप, ३० पुस । जिल्ला प्रशान कार्यालय सप्तरीले जिल्लाको कञ्चनरुप नगरपालिकामा शनिबार ठण्डिपिडितहरुलाई ३० थान सिरक वितरण गरेको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ३ बरमझिया स्थिति मुसहर बस्तीका अति विपन्न , एक महिला र अपांगता भएका व्यक्तिहरुलाई सिरक प्रदान गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा , कञ्चनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ता र सप्तरीका प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्लेले ठण्डिपिडितहरुलाई सिरक वितरण गर्नुभयो ।

प्रजिअ थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतित्य रहेको थियो ।
उक्त अवसरमा जाडोबाट जोगिने उपायको बारे सरोकारवालाहरुसंग अन्तरक्रिया समेत गरिएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । शितलहर प्रतिकार्य स्वरुप न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत प्रहरी उपरीक्षक काफ्ले लगायतका जनप्रतिनिधि र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page