बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा चार जना विरुद्ध उजुरी दर्ता

राजविराज । सप्तरीमा एक महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा चार जना विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ ।
३७ वर्षीया महिलालाई ‘बोक्सी’ भन्दै अमानवीय व्यवहार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ५५ वर्षीय हैदर मियाँ, हैदरकी ५० वर्षीया पत्नी सैफुला खातुन, तवारी मियाँ, सहिना खातुन बतुलन कुजर्नीविरुद्ध प्रहरीले फागुन १४ गते आइतबार उजुरी दर्ता गरेको छ ।
उच्च अदालत जनकपुर राजविराज इजलाशको परमादेशपश्चात जिल्ला प्रहरी कार्यालय सप्तरीले उजुरी दर्ता गरेको हो । आरोपितहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
आरोपित सहिना खातुनको छोरा टुनामुना गरी बिरामी बनाएको आरोप लगाई आरोपितहरूले ०७८ फागुन २८ गते साँझ पीडितलाई गालीगलौज र कुटपिट गरेको पीडितका पतिले बताउनु भयो ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page