बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

राजविराज । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका ५० वर्षीय श्याम मण्डल रहेका छ ।
बुधबार राति १० बजेको समयमा राजबिराज नगरपालिका ११ पम्प नहर स्थित भित्रि सडक खण्डमा लौनियाबाट राजबिराज तर्फ आउँदै गरेको स४प ३२७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा राति ११ः४५ बजे मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार मण्डलले मादक पदार्थ सेवन गरि मोटरसाइकल चलाउँदा दुर्घटना भएको हो ।
घटना स्थलबाट प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page