बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा चन्दन कुमारलाई जन्मकैद सजाय

राजविराज । १० वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय चन्दनकुमार साहलाई जन्मकैद सजायको फैसला भएको छ ।
मंगलबार जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलासले साहलाई बलात्कार गरेको कसूर ठहर गर्दै जन्मकैद सजायको फैसला गरेको हो ।
बलिकाका बुबाआमा ज्याला मजदुरीका लागि घर बाहिर गएको मौका छोपी अभियुक्तले २०७८ फागुन २२ गते दिउँसो ललाइफकाई शरीर बन्धक बनाई घरदेखि पश्चिम रहेको पोखरीको डिलमुनि लगेर बलात्कार गरेको पीडितले बताउनु भयो ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा घटनाकै दिन ०७८ फागुन २२ गते उजुरी दिनुभएको थियो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्रनारायण सिंह अस्पतालमा ०७८ फागुन २२ गते भएको थियो । प्रहरीले आरोपितलाई ०७८ फागुन २२ गते नै गिरफ्तार गरेको थियो ।
जिल्ला अदालतमा ०७८ चैत १७ गते अभियोगपत्र दायर भएकोमा जिल्ला न्यायधीश प्रमेश पोखरेलको आदेशमा आरोपित ०७८ चैत २० गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page