बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

इटहरीबाट ९ सय ३० ग्राम गाँजा सहित दुई जना पक्राउ

सुनसरी, चैत्र ४ गते । सुनसरीको इटहरी–४ स्थितबाट प्रतिबन्धित लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–५ का भीम तामाङ र बेलका नगरपालिका–४ उदयपुरका सुमन नेपाली रहेका छन् ।
सार्वजनिक बाटोमा गाँजा खरिद बिक्रि भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले बिहिवार राती इटहरी–४ स्थितबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले संकास्पद अवस्थामा प्रदेश १–०२–०४७ प ११५४ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुले बोकेको झोला चेक जाँच गर्ने क्रममा ९ सय ३० ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा सहित पक्राउ परेका उनीहरुको सम्मानित सुनसरी जिल्ला अदालतबाट लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page