बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

राजबिराजमा बहुला कुकुरको टोकाइबाट १ दर्जन बालबालिका घाईते

राजबिराज । राजबिराजमा बहुला कुकुरको टोकाइबाट १ दर्जन बालबालिकाहरू घाईते भएका छन् । बहुला कुकुरले टोकेर एकै दिन १ दर्जन भन्दा बढी बालबालिकाहरू घाईते भएका हुन ।
राजबिराजको गजेन्द्र चौक, दशन चौक, सिरहा रोड, हटियामा ४ / ५ वटा बहुला कुकुरले शुक्रबार बिहान देखि नै आतंक मच्चाएको थियो ।
शुक्रबार साझ ६ बजे सम्ममा बहुला कुकुरले टोकेर घाईते भएर गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार गराउन आउनेको संख्या १३ पुगेको जनाइएको छ ।
घाइते हुनेमा राजबिराजका अनुपम खडका, जानकी खडगा, दुर्गि देबि खडका, अक्षरस साह, साक्षी साह, गणेश चौरसियाँ, सिवा साह, सावित्री साह रहेका छन् ।
यसैगरी छिन्मस्ता गाउँपालिकाका प्रतीक झा, कृति झा पनि घाईते भएकी छिन घाइतेहरूलाई एन्टिरेबिज भ्याक्सिन लगाउनुका साथै आवश्यक उपचार गरिएको गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ ।
यता राजबिराज नगरपालिकाले बहुला कुकुरहरुलाई नियन्त्रणमा लिन पशु शाखा, स्वास्थ शाखा, र स्विपरलाई खटाईएको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page