मधेस प्रदेश समाचार

सामुदायिक सेवा केन्द्रले पायो पूर्णता, पदेन र ५ सदस्यीय सल्लाहकार समिति मनोनयन

राजविराज, १४ जेठ । सामुदायिक सेवा केन्द्र सप्तरीको सम्पन्न प्रथम पूर्ण वैठकले कार्यसमितिलाई पूर्णता दिदै पदेन सदस्य र सल्लाहकार मनोनयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष धिरेन्द्रकुमार दासको अध्यक्षतामा बसेको वैठकले कार्य समितिलाई पूर्णता दिदै गठन गरेको ५ सदस्यीय सल्लाहकार समितिमा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, पत्रकार तथा इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेल, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, लायन्स क्लबका डिस्ट्रिक गर्भनर शंकर शारदालाई चयन गरिएको सचिव संजय शर्माले जानकारी दिए ।
यस्तै तीन कार्यकाल सामुदायिक सेवा केन्द्रको नेतृत्व गर्नुभएका निवर्तमान अध्यक्ष हितनारायण लाल दासलाई समेत सल्लाहकारमा चयन गरिएको छ ।
वैठकले पदेन सदस्यमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, श्री बरख गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल ६ नम्बर गण, गैसस महासंघ, इन्सेक, राजबिराज जेसीज, महिला मानवअधिकार रक्षक सञ्जाल र राष्ट्रिय उपभोक्ता मञ्चलाई सर्वसम्मतीले चयन गरेको छ ।

सेवा केन्द्रको वैशाख २३ गते सम्पन्न पाँचौ साधारण सभापश्चात जेठ ६ गते सम्पन्न कार्यसमितिको निर्वाचनपछि शुक्रबार पदास्थापन भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी आचार्य पराजुलीको प्रमुख आतिथ्यता र निर्वाचन समितिका संयोजक मनोहर पोखरेलको अध्यक्षतामा भएको पदास्थापन कार्यक्रममा बरख गणका प्रमुख सेनानी दुर्गाबहादुर थापा, प्रहरी उपरिक्षक नरेन्द्र कार्की, सशस्त्र प्रहरी उपरिक्षक तिर्थ पौडेल, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी एकल महिला समूहकी प्रदेश अध्यक्ष अनिता देवकोटा, राष्ट्रिय उपभोक्ता मञ्च सप्तरीका अध्यक्ष राजकुमार साह, राजविराज जेसीजका अध्यक्ष उज्वल काबरा लगायतकाले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page