बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीबाट ठुलो परिमाणको लागूऔषध सहित दुई जना पक्राउ

कञ्चनरुप, २८ असार । सप्तरी प्रहरीले ठुलो परिमाणको लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुरुङ्गा नगरपालिका १ पन्द्रकठ्ठेका अनोज कुमार केसी र घनश्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सुरुङ्गा १ पन्द्रकठ्ठेमा लागूऔषधको कारोबार भइरहेको छ भनि खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय भेडियाको प्रहरी टोलिले सूचना वमोजिमको घरमा रितपूर्वक खानतलासि गर्दा एसपीएम पाइरोक्सभेन प्लस लेखिएको २ सय २४ थान ट्याब्लेट, डाईलेक्स डीसी उल्लेख भएको १ सय ५९ बोतल कोरेक्स र २०० ग्राम गाँजा बरामद भएको छ ।

पक्राउ परेका दुबै जनालाई लागूऔषध सम्बन्धी मुद्धामा जिल्ला अदालत सप्तरीबाट बिहीबार म्याद थप लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page