राष्ट्रिय समाचार

संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट ६७० कैदीको कैद माफी मिनाहा

काठमाडौँ । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कूल ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।
राष्ट्रपतिले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आजदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page