बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
मधेस प्रदेश

सशस्त्र प्रहरीद्वारा सप्तरीको छिन्नमस्ताबाट सय वटा वाकीटकी (हाते फोन) बरामद

राजविराज, १४ असोज । सप्तरीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बलले आज लाखौं रुपैयाँ बराबरको अवैध समान बरामद गरेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरस्थित सीमावर्ती क्षेत्रबाट प्रतिगोटा नौ हजार पाँच सय मूल्य पर्ने सय वटा पोर्टेबल वाकीटकी (हाते फोन) बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गणले जनाएको छ । बोर्डर आउट पोष्ट (बिओपी) छिन्नमस्ताबाट खटिएको टोलीले उक्त समानहरु बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक समराज खडकाका अनुसार टाउकोमा बोकी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एक कार्टुन वाकीटकी फोन छाडेर भरिया फरार भएका छन । जस्को भन्सार मूल्य ९ लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ । यो कुन प्रयोजनका लागि ल्याइएको हो भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।
बरामद समानहरु सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित बेल्ही भन्सार कार्यालयमा बुझाउने तयारी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page