समाचार समाज

सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

साँकेतिक तस्बिर
साँकेतिक तस्बिर

कञ्चनरुप, १३ कार्तिक । सप्तरीमा आँपको रुखमा झुन्डिएको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्लाको रुपनी गाउँपालिका ६ तेरहौताको एक बगैँचामा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।
रुपनी गाउँपालिका ६ तेरहौताका उत्तिमलाल साहको छोरा संतोष साह आँपको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घरदेखी ८ सय मिटर पश्चिम आँप बगैंचामा डोरिको पासो लगाएर झुन्डिएको अवस्थामा साहलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
आइतबार राती गाउँका अगुवाहरुबाट दुर्व्यवहारमा परेपछि परिवारसंगै सुतेको बेला कसैलाई थाहा नदिई घरबाट निस्किएका उनलाई खोजी गर्ने क्रममा झुन्डिएको अवस्थामा सोमबार विहान मृत भेटिएको स्थानीयले बताएका छन् । साहको श्रीमतिसित केहि समयदेखि सम्बन्ध विग्रीएको स्थानीयको भनाइ छ । तनावमा आएर आत्महत्या रोजेको हुनसक्ने आशंका स्थानीय बासीको छ ।
स्थानीयका अनुसार स्व. साह ९ वर्ष वैदेशिक रोजगारीबाट ५ महिना अगाडि मात्र स्वदेश पर्किएका थिए ।
मृतक साहको शव परिक्षणका लागि राजविराज पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page