मधेस प्रदेश समाचार

सप्तरीको कञ्चनरुपबाट नक्कली नेपाली रुपैयाँ सहित दुई जना पक्राउ

कञ्चनरुप, २० कार्तिक । सप्तरी प्रहरीले नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको बोदे बरसाईन नगरपालिका–३ गौराका २८ वर्षीय रमेश रजक र सोही ठाउँका ३० वर्षीय पिन्टुकुमार साह रहेका छन् ।
प्रहरीले उनीहरुलाई शनिबार कञ्चनरुप नगरपालिका–८ स्थित बेरियर बसपार्कबाट पेडा किन्ने क्रममा पक्राउ गरेको हो । प्रहरीले रमेश रजकको साथबाट ११ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कञ्चनरुपका अनुसार रमेशको बयानका अनुसार साहलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका दुबै जना विरुद्ध थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page