समाचार समाज

बसबाट कञ्चनरुप-१२, रुपनगरकी अप्सरा बरालको नगद र सुनको लकेट चोरी

कञ्चनरुप, २१ कार्तिक । सप्तरीमा बसमा सवार रहेकी महिलाको नगद तथा गहना चोरी भएको छ ।
रुपनगरदेखि–रुपनि जाने क्रममा यात्रु बसमा यात्रा गर्दैै गरेकी कञ्चनरुप नगरपालिका–१२ की अप्सरा बरालको नगद रु ७ हजार ५ सय र सुनको लकेट भएको ब्याग चोरी भएको हो ।
विराटनगर–गाईघाट जाने बसमा मंगलबार दिउँसो १२ बजे रुपनगरदेखी रुपनी जादै गर्दा बाटैमा ब्यागबाट नगद, सुन, एटीएम कार्ड, अदालतको तारिक प्रचार र मिटर व्याजी मुद्दा दर्ता नम्बर प्रमाण भएको पर्स चोरी भएको अप्सराले बताउनु भयो । उहाँले पर्समा नगद, चारआनाको सुनको लकेट र केही महत्वपूर्ण कागज पत्र रहेको बताउनु भयो ।
बरालका अनुसार बसमा केही शंकास्पद व्यक्तिहरु पनि पहिलेदेखि नै सवार रहेका थिए । रुपनीमा बसबाट उत्रिए र राजविराजमा पुगेर झोलाबाट पर्स निकाल्न खोज्दा नभेट्दा झसङ्ग भएको बरालले बताउनु भयो।
चोरी भएको थाहा पाउनसाथ प्रहरीलाई खबर गरि खोजतलास गर्दा समेत पर्स फेला नपरेको उहाँले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page