काठमाडौं, ३ मंसिर । भारतलाई घरेलु मैदानमा ६ विकेटले हराउँदै अस्ट्रेलियाले आइसिसी एकदिवसीय क्रिकेट विश्वकप २०२३ को उपाधि जितेको छ।
आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा १ लाख ३० हजार दर्शक सामू भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया च्याम्पियन बनेको हो।
जितको लागि २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।अस्ट्रेलियालाई उपाधि दिलाउन ट्रैविस हेडले १३७ रन तथा मार्नस लाबुशेनले ५८ रन बनाए । भारतका लागि जसप्रीत बुमराह र मोहम्मद शमीले दुई दुई विकेट लिए ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/11/402115535_743258814502499_1564536171512359385_n-1024x682.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/11/402115535_743258814502499_1564536171512359385_n-1024x682.jpg)
यस अघि भारतले टस हारेर पहिला व्याटिङ गर्दै ५० ओभरमा २४० रन बनाउँदा सबै विकेट गुमाएको थियो।
भारतका लागि के एल राहुलले ६६ रन ,विराट कोहलीले ५४ रन, कप्तान रोहित शर्मा ४७ रन बनाए।
बलिङ तर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट , जॉश हेज़लवुड र पैट कमिंसले दुई दुई विकेट लिए । त्यसैगरी ग्लेन मैक्सवेल र ऐडम ज़ैम्पाले एक एक विकेट लिए।
यससँगै अस्ट्रेलिया छैटौं पटक विश्वविजेता बन्न सफल भयो। सन् १९८७ मा पहिलो पटक उपाधि जितेको अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा उपाधि जितेर उपाधिमा ह्याट्रिक गर्ने कीर्तिमान बनाएको थियो।
यस्तै अस्ट्रेलियाले २०१५ मा पाँचौ पटक उपाधि जित्ने क्रममा न्युजिल्यान्डलाई पराजित गरेको थियो।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/11/402067832_743258741169173_5708519141351944818_n-1024x665.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/11/402067832_743258741169173_5708519141351944818_n-1024x665.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/11/F_Tu0O2WQAA8npP.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/11/F_Tu0O2WQAA8npP.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment