राष्ट्रिय शिक्षा

निमावि लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, १ लाख ५१ हजारमा १३ हजार उत्तीर्ण

सप्तरी । निम्न माध्यमिक विद्यालय (निमावि) तह लाइसेन्स परीक्षाको नतिजा शिक्षक सेवा आयोगले प्रकाशित गरेको छ ।
आयोगले कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए, जसमा १३ हजार ७ जनाले परीक्षा उत्तीर्ण गरेका छन् ।
कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका थिए, जसमा २ हजार १३० जना उत्तीर्ण भएका छन् । त्यस्तै मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएको मा १ हजार ६१४ जना उत्तीर्ण भएका छन् ।
बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएको मा २ हजार २ जना पास भएका छन् । गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण भएका छन् । लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएका थिए । जसमा २ हजार ८६३ जना उत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएकोमा १ हजार ५७४ जना उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण भएका छन् ।
सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page