मधेस प्रदेश समाचार

सप्तरीको कुशहाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

साँकेतिक तस्बिर

कञ्चनरुप, २३ मंसिर । सप्तरी प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाबाट ०.३५ मिलिग्राम ब्राउन सुगरसहित स्थानीय २७ वर्षीय उमेश प्रसाद चौधरी पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलिले शंका लागि शरिर खानतलासी गर्दा चौधरीले लगाएको जिन्स पेन्टको गोजीबाट उक्त ब्राउन सुगर जस्तो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page