मधेस प्रदेश समाचार

सप्तरीको राजगढ गाउँपालिकाको नव निर्मित भवन उद्घाटन

राजविराज । सप्तरीको राजगढ गाउँपालिकाले आफ्नो कार्यालयको भवन उद्घाटन गरेको छ । आइतबार एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले रिवन काटेर पालिकाको भवन उद्घाटन गरेका हुन् ।
गाउँपालिकाका अनुसार उक्त भवन गाउँपालिकाको वडा नम्बर– ३ स्थित ५ कठ्ठा १४ धुर क्षेत्रफलमा ११ कोठाको दुई तले नव निर्मित भवन बनाइएको हो । भवन पाँच करोड ५० लाख लागतमा तयार भएको पालिकाले जानाएको छ ।
उक्त भवनको डिपिआर ४ तलेको भए पनि तत्काल गाँउपालिकाले दुई तलाको मात्रै टेन्डर गरेको थियो । भवन तुलसी भक्त कन्स्ट्रक्सनले निर्माण गरेर हस्तान्तरण गरेको हो ।
भवन उद्घाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष रेणुकुमारी मण्डल, ६ वटै वडाका वडाअध्यक्षहरु, कर्मचारी, राजनीतिकर्मी लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो ।
उक्त भवनको लागि जग्गा भने पूर्व गाउँपालिकाका अध्यक्ष परमान्द यादवले दिएका हुन ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page