इटहरी, माघ १९ गते । इटहरीमा गेटले किचेर ४ वर्षीय बालकको मृत्यु भएको छ । इटहरी उप महानगरपालिका ८ स्थितमा गेटले किचेर कोठा भाडामा बस्दै आएका अखिम बराईलीका ४ वर्षीय छोरा अनिष बराईलीको मृत्यु भएको हो ।
बिहिबार साँझ घरको गेटमा खेल्दै गर्दा गेट लडेर किच्दा बालक गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी तत्काल बिराट टिचिङ हस्पिटल बिराटनगर ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Add Comment