राजनीति

नेकपा एमाले सप्तरी-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा मो. साकिर

कञ्चनरुप, ३ चैत्र । नेकपा एमाले सप्तरी-काठमाडौं सम्पर्क मञ्चको १२ औं अधिवेशन भूपू सैनिक तथा प्रहरी संगठन, च्यासल ललितपुरमा शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट मो. साकिरको अध्यक्षतामा १२ सदस्यीय कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षहरुमा मनोज यादव, गीता कुमारी चौधरी, सचिवमा अमन गुप्ता , सहसचिवद्वयमा आशिक यादव र सुनिता यादव तथा कोषाध्यक्षमा सुभास यादव रहेका उमेश कुमार चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा कौशल कुमार यादव, पृथ्वी नारायण शर्मा, सुभाष कुमार साह, प्रमेश्वोरि सरदार र चिन्ता कुमारी चौधरी रहेका छन् ।

   

You cannot copy content of this page