राजनीति

मधेश सरकार कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडी बढेको छ : मन्त्री लेखी

जनकपुर ,२७ चैत । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले कृषी पर्यटन र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले कामकाजलाई अगाडी बढाएको बताएका छन् ।
मधेश प्रदेशको समृद्धि , विकास तथा उद्योग बाणिज्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि मंगलबार मन्त्रालयमै उद्योगी व्यापारीहरुसँग भएको छलफलको क्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री लेखीले मधेश प्रदेश सरकारले हरेक क्षेत्रलाई प्राथमिकता राखेर सुझाव सल्लाह लिने गरेको र सोही अनुसार अगामी दिनमा कार्ययोजना तयार गरी अघि बढने बताए । उनले छलफलको क्रममा उठेका विषय वस्तुहरु मध्ये तत्काल समाधान गर्न सकिने विषयलाई सरकारले तत्कालै समाधान गर्ने र तत्कालन गर्न नसकिने विषयलाई दीर्घकालिन योजना बनाएर कामलाई अगाडी बढाइने प्रतिबद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले काम गर्दै जाँदा उत्पन्न हुन सक्ने समस्याहरुको समाधानका लागि उद्योगी व्यवसायीहरुको भूमिका महत्वपुर्ण भएको भन्दै साथ सहयोगका लागि आग्रह गरे । केही कानून निमार्ण भइसकेको र केही निमार्णको क्रममा रहेकोले कानून निमार्णको कामले पूर्णता पाउने वित्तिकै प्रदेशको कामकाजले गति लिने बताए ।
उद्योग बाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठले मधेश प्रदेशको समृद्धिको आधार कृषि, पर्यटन र उद्योग क्षेत्र भनिएपनि विगतमा प्रदेश सरकारले सो अनुरुप काम गर्न नसकेको धारणा राखे । उनले मधेश प्रदेशमा ६१ प्रतिशत उब्जाउ जमिन रहे पनि परम्परागत खेतीको कारण उत्पादन बढन नसकेको भन्दै उत्पादन बढाउनका लागि अत्याधुनिक प्रविधिको प्रयोग गरी बैज्ञानिक प्रणालीमा अधारित भएर कामकाजलाई अगाडी बढाउनका लागि प्रदेश सरकारकारलाई आग्रह गरे ।
उद्योग बाणिज्य संघ जनकपुरधामका बरिष्ठ उपाध्यक्ष मनिष रमन साहले मधेश प्रदेशमा लगानी गर्न चाहने लगानीकर्ताका लागि सुरक्षा सहितको वातावरण तयार हुनु पर्ने बताए । उनले लगानीकर्तालाई उद्योग संचालनका लागि कर छुट , विजुलीको व्यवस्थापन हुनुपर्ने धारणा राखे ।
उद्योग बाणिज्य संघ नेपालका पूर्व केन्द्रिय सदस्य निर्मल चौधरीले सप्तरीदेखि पर्सासम्म रहेको धार्मिक कोरीडोरलाई प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सञ्चार क्षेत्रको माध्यमले विश्वलाई चिनाउनु पर्ने धारणा राखे । उनले जानकीको भूमि पुनौराधाम हो भन्ने किसिमलेले भारत सरकारले त्यो क्षेत्रलाई विकास गर्न खोजेको भन्दै हामी यस विषयमा गम्भिर हुनु पर्नेमा जोड दिए। उनले जानकी मन्दिरलाई छिट्टै ट्रष्टमा लैजानका लागि प्रदेश सरकारले पहल गर्नु पर्ने भन्दै जनकपुरधाम आउने पर्यटकको लागि प्याकेजको व्यवस्थापन हुनु पर्ने धारणा राखे ।
छलफलमा मधेश प्रदेश सरकारका मुख्यन्यायधिवक्ता विरेन्द्र कुमार ठाकुर सहितका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

   

You cannot copy content of this page