कोशी प्रदेश समाचार

नक्कली सुन दिएर ६० हजार रुपैयाँ ठगी गर्ने शेर बहादुर पक्राउ

झापा, ४ बैशाख । झापामा नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीले नक्कली सुनको टिल बिक्री गर्ने जल्पाइगुडी ४० सिलिगुडी भारतका ५४ वर्षिय शेर बहादुर गिरीलाई पक्राउ गरेको हो ।
सोमबार दिउँसो साढे २ बजे झापाको बिर्तामोड नगरपालिका ५ शनिश्चरे स्थितबाट गिरीले आफु सुन बेच्ने मानिस भएको भन्दै आफुसँग भएको नक्कली काँचो सुनको टिल ६० हजार रुपैयामा झापाको बुद्दशान्ती गाउँपालिका २ की ४५ वर्षिया सविता सिटौलालाई ललाई फकाई गरी बिक्री बितरण गरी ठगी गरेका थिए ।
घटना घटेको केही समय पश्चात आफु ठगीमा परेको पत्तो पाएकी सिटौलाले तत्काल प्रहरीमा खबर गर्नसाथ इलाका प्रहरी कार्यालय आनारमनी झापाबाट खटिएको प्रहरी टोलीले गिरीलाई झापाको विर्तामोड नगरपालिका ५ स्थितवाट पक्राउ गरेको थियो ।
पक्राउ परेका गिरिलाई ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page