राजनीति

इलाम-२ : एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै, ६ हजार ५ सय ७ मतले अग्रता

इलाम । इलाम निर्वाचन क्षेत्र न २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणना अनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङको अग्रता कायम छ । नेम्वाङले ६ हजार ५ सय ७ मतले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पारेका छन ।
पछिल्लो परिणाम अनुसार सुहाङले १९ हजार ६ सय ९७ मत प्राप्त गर्दा काँग्रेसका खडकाले १३ हजार १ सय ९० मत प्राप्त गरेका छन ।
त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ९ हजार ५ सय १४ मत र रास्वपाका उम्मेदवार मिलन लिम्बु ३ हजार ३ सय २३ मत प्राप्त गरेका छन् ।

   

You cannot copy content of this page