राजनीति

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी

इलाम । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतको अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन ।
शनिबार भएको उपनिर्वाचनमा एमालेका सुहाङले २७ हजार ७७२ मत पाए भने कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
१९ जना चुनावी प्रतिस्पर्धामा उत्रिएको यस उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले भने ५ हजार ५० मतमा चित्त बुझाउनुपर्‍यो ।
२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभातर्फ इलाम २ बाट निर्वाचित हुनुभएका सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा १ बाट निर्वाचित हुनुभएका पृथ्वीबहादुर सिंहको निधन भएपछि यी क्षेत्रहरू रिक्त थिए ।
निर्वाचन आयोगले यी दुई स्थान शनिबार उपनिर्वाचन गराएको हो ।

   

You cannot copy content of this page