राजनीति

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, उपाध्यक्षमा नवलकिशोर साह (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) फुटेको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा ७ जना सांसद्ले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
राईले ‘नेपाल’ हटाएर जनता समाजवादी पार्टी नामका लागि दल दर्ता गरेको निर्वाचन आयोगका एक अधिकारीले जानकारी दिए ।
जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ । आइतबार खुसिबुमा बसेको नयाँ पार्टीको केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम टुंगो लगाएको छ । विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् ।
आयोगमा पुगेर राईसहित ७ जना प्रतिनिधिसभाका सांसदले नयाँ दल दर्ताका लागि निवेदन समेत दिएका हुन् ।
प्रतिनिधि सभामा १२ सदस्य रहेको जसपाबाट राई नेतृत्वको समूहमा ७ जना संसदहरू खुलेका हुन् । यादवको पक्षमा ५ जना सांसदहरू उभिएका छन् ।
पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन् । रेणुकुमारी यादवलाई सह अध्यक्ष बनाइएको छ ।
उपाध्यक्षमा सप्तरीका नवलकिशोर साह सुडी, तेह्रथुमका रणध्वज लिम्बू, ताप्लेजुङकी सुशीला श्रेष्ठलाई तोकिएको छ ।
त्यस्तै महासचिवमा बाँकेका मोहम्मद इस्तियाक राईलाई जिम्मेवारी दिइएको छ । उपमहासचिव जिम्मेवारी पर्साका प्रदीप यादवले पाएका छन् । सचिवमा धनुषाका दीपक कार्की र सप्तरीकी रञ्जु ठाकुरलाई तोकिएको छ भने कोषाध्यक्षमा सिरहका डा. वीरेन्द्र महतोलाई जिम्मेवारी दिइएको छ ।
यस्तो छ नेताहरूको कार्यविभाजन

संघीय परिषद् अध्यक्ष
राजेन्द्र श्रेष्ठ
केन्द्रीय अध्यक्ष
अशोक राई
सहअध्यक्ष
रेणु यादव
उपाध्यक्ष
नवलकिशोर साह सुडी
रणध्वज लिम्बु
परशुराम बस्नेत
सुशीला श्रेष्ठ
महासचिव
मोहम्मद इस्तियाक राई
उपमहासचिव
प्रदीप यादव
सचिव
दीपक कार्की
रञ्जु ठाकुर
कोषाध्यक्ष
वीरेन्द्र महतो

केन्द्रीय सदस्यहरू
आङकाजी शेर्पा
मोहनलाल चौधरी
कृष्णबहादुर धुजु
लाबहादुर तामाङ
राधा तिमिल्सिना
सिमा सिंह
कमला विश्वकर्मा
शोभा बज्राचार्य
प्रमोद गुप्ता
पारस साह
पञ्चलाल महर्जन
केशव पौडेल
मनिकर कार्की
राजेशमान सिंह
हसिना खान
नानु थामी
हेमन्तराज भण्डारी माण्डब्य
पिंकीदेवी यादव

   

You cannot copy content of this page