समाज

प्रेस चौतारीका पूर्व उपाध्यक्ष एवं पत्रकार मनोहर कुमार पोखरेललाई मातृशोक

कञ्चनरुप, २० बैशाख । प्रेस चौतारी नेपालका पूर्व उपाध्यक्ष एवं नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मानव अधिकारकर्मी मनोहर कुमार पोखरेललाई मातृशोक परेको छ ।
पत्रकार पोखरेलको आमा र प्रेस चौतारी नेपाल सप्तरीकी उपाध्यक्ष पुनम पोखरेल (नानीमैया) की सासु मेनकादेवी पोखरेलको बुधबार राति राजविराज स्थित आफ्नै निवासमा ८२ वर्षको उमेरमा निधन भएको हो ।
दम, रक्तचाप तथा मधुमेह रोगबाट पीडित पोखरेलको बुधबार राती ८ बजे राजविराज नगरपालिका ५ स्थित आफ्नै निवासमा निधन भएको परिवारजनले बताएका छन् ।
अन्नपूर्ण पोष्ट दैनिक तथा इन्सेकका सप्तरी प्रतिनिधि समेत रहेका पोखरेलको स्वर्गीय आमाको हिन्दु परम्परा अनुसार सप्तकोशी नदीमा बिहिवार अन्त्यष्टी गरिएको जनाएको छ ।
१९९९ सालमा जन्मेकी स्वर्गीय पोखरेलको पत्रकार मनोहरसहित दुई छोरा र १ छोरी छन् ।

   

You cannot copy content of this page