काठमाडौं । नेपालमा आज थप ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर ९ सय ५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म नेपालमा संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ४६ हजार ६ सय ६१ जना पुगेको छ ।
आज थप ५ जनाको मृत्यु भए सँगै हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ३ पुगेको छ ।
हालसम्म १८ लाख ९० हजार ७४० जनाको पीसीआर परीक्षण गरिएको छ । हाल सात हजार ५१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment