समाचार सूचना प्रविधि

नेपाल पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

बृजमान तामाङ /
बिरेन्द्र बजार, ६ बैशाख ।
नेपाल पत्रकार महासंघ सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुले सोमबार पदभार ग्रहण गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीका निबर्तमान अध्यक्ष जितेन्द्र खड्गाको अध्यक्षता तथा मिडिया काउन्सिल प्रदेश नम्बर २ का अध्यक्ष शिवहरी भट्टराईको प्रमुख आतिथ्यमा एक समारोहका बिच पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीका निर्वाचन समितिद्वारा आयोजित कार्यक्रममा निर्वाचन समितीका संयोजक बैधनाथ झाले प्रमाणपत्र प्रदान गरि नवनिर्वाचित जिल्ला पदाधिकारी, प्रदेश परिषद सदस्य र राष्ट्रिय परिषद सदस्यहरुलाई पदास्थापन गराउनु भएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित पदास्थापना कार्यक्रममा प्रमुख अतिथी भट्टराई, बिशिष्ठ अतिथी प्रदेश आमसंचार प्रधिकरण प्रदेश नम्बर २ का अध्यक्ष श्यामसुन्दर यादव, निबर्तमान केन्द्रिय सदस्य अबधेश झा, सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेल, नेपाल पत्रकार महासंघ प्रदेश २ का नवनिर्वाचित सचिव भोला पासवानले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
यसैगरी महासंघका पुर्व अध्यक्षहरु बिष्णु कुमार मण्डल, धिरेन्द्र प्रसाद साह, प्रकाश खतिवडा, अध्यक्ष पदका प्रत्यासी मनोहर कुमार पोखरेल, प्रेस स्वतन्त्रता सेनानी राम नारायण देव, वरिष्ठ पत्रकार अनिल अनल, गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, नागारिक समाजका कार्यबाहक अध्यक्ष थानसिंह भन्साली नवनिर्वाचित अध्यक्ष श्रवण कुमार देव लगायतले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गत चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ सप्तरीको निर्वाचनबाट जिल्ला अध्यक्षमा श्रवण देव, उपाध्यक्षमा बैधनाथ यादव, महिला उपाध्यक्षमा अम्बिका दाहाल, सचिबमा रामनारायण बिश्वास, सह सचिबमा चन्दन कुमार यादव, समाबेशी सह सचिबमा गोपाल प्रसाद गुप्ता, कोषाध्यक्षमा नवीन गुप्ता निर्वाचित हुनुभएको थियो ।
यस्तै खुल्ला सदस्यहरुमा बिध्यानन्द राम, राजेन्द्र मिश्रा, दिनानाथ यादव, खगेन्द्र कार्की, कृष्णा कुमार मण्डल (आदिवासी जनजाति), परिष कर्ण (मधेसी ) सदस्यमा निर्वाचित हुनुभएको थियो । राज कुमार पासवान (दलित ) रश्मि झा (महिला) सदस्यमा निर्बिरोध चयन हुनुभयो । यस्तै प्रदेश परिषद सदस्यहरुमा बृजमान तामाङ, शिव नारायण साह, देबेन्द्र मिश्रा, बिन्दु भट्टराई, दिनेश शर्मा,राम अधीन साह, अरुण कुमार तिवारी निर्वाचित हुनुभयो । यसैगरी राष्ट्रिय परिषद सदस्यमा सुखराम यादव, ढमला भट्टराई, मनोज कुमार माझी निर्वाचित हुनुभएको थियो ।

कार्यक्रमको संचालन निर्वाचन समितीका सदस्य ध्रुव कुमार मण्डल र नवनिर्वाचित सचिब राम नारायण बिश्वासले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page