कलाकार प्रवास मनोरन्जन

भारतका चर्चित अभिनेता दीलिप कुमारको ९८ वर्षको उमेरमा निधन

भारतका चर्चित अभिनेता दीलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा उनको बुधबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको हिन्दूजा अस्पतालमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए र धेरैपटक अस्पताल भर्ना गरिएको थियो । हिन्दूजा अस्पतालका डाक्टर जलील पालकरले बुधबार बिहान साढे सात बजे निधन भएको पुष्टि गरे । बुढेसकालमा हुने बिमारीका कारण दीलिप कुमारको निधन भएको उनले जानकारी दिए ।
दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरे । थोरै होउन् तर राम्रा होउन् भनेर उनले केही फिल्ममा अभिनय गर्न अस्वीकारसमेत गरेका थिए ।
उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहे । उनको अन्तिम फिल्म किला हो, जुन १९९८ मा सार्वजनिक भएको थियो ।
दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page