स्वास्थ्य

आज थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि , ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज ६ हजार १ सय ६८ नमूनाको पिसिआर परीक्षण गर्दा ६ सय ३६ जना तथा ५ हजार ८ सय ६३ नमूनाको ऐन्टीजेन परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप ८ सय ९९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
आज ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय २१ पुगेको मन्त्रालयले जनाएको छ ।
देशभर १५ हजार ३ सय ४० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page