राजनीति

एमाले प्रवेश गर्नेको संख्या लाख टप्यो ,हर्षाेल्लास गर्दै विभिन्न जिल्लामा कार्यक्रम

डम्बर राई –
कञ्चनरुप, असोज ९ गते ।
विभिन्न पार्टी परित्याग गरेर नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नेको लहर देशव्यापी रुपमा चलिरहेको छ । नेकपा एमालेले देशको स्वभिमान बचाउन र प्रतिरक्षात्मक कार्यसंगै समृद्घताको पक्षमा प्रतिघातकहरुसंग ठुलो लडाई लड्दै आएकोले पनि आम नेपाली जनताले यस पार्टीलाई विश्वास गर्दै आएको पार्टीको गर्व छ ।
खास गरी तराई मधेशका भुभागको विकास र यहाँका जनताको आमुल परिवर्तन गर्छौ भन्दै स्थापित भएका मधेशवादी दलले मधेशीको नाममा ठगी गर्ने काम मात्र भएको भन्दै असन्तुष्ट पक्ष एमालेमा प्रवेश गरेको जिल्ला सचिव देवनाथ यादवको भनाई छ । मधेश केन्द्रित विभिन्न पार्टीबाट नेकपा एमालेमा हजारौंको संख्यामा आइरहेको र आउने क्रम जारी रहेको यादवले बताए ।
नेकपा एमालेमा विभिन्नि पार्टीबाट आएका संख्या एकलाख नाघिसकेकोले पार्टीले विभिन्न कार्यक्रम गरी हर्षाेल्लास मनाउदै आएको जनाइएको छ । मंसीर ४ गते हुन गइरहेको आसन्न निर्वाचन अवधिसम्म पार्टीमा दुई लाख बढी अन्यपार्टीबाट आउने एमालेले आकलन गरेको छ । यहि असोज १५ गते सप्तरीको कञ्चनरुप १२ स्थित इयरकनमा १० हजार पार्टी प्रवेश हुने जिल्ला अध्यक्ष ताराकान्त चौधरीले जानकारी दिए । राष्ट्रिय युवा संघ नेपाल सप्तरी र जिल्ला पार्टीको संयुक्त आव्हानमा हुन गइरहेको विसाल जनसभामा नेकपा एमाले राष्ट्रिय अध्यक्ष खड्ग प्रसाद (केपी) शर्मा ओलीले नव प्रवेशीकाहरुलाई स्वागत साथ पार्टी प्रवेश गराउनु हुनेछ ।
अध्यक्ष ओली मेची महाकाली अभियान पछि यो दोस्रो पल्ट सप्तरी छिर्नु हुदैछ यसका लागि हामी जिम्मेवार समस्त नेता तथा कायकर्ताहरु विभिन्न कामहरु लिइएर जुटिसकेका छौं राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज मनिष श्रेष्ठले जानकारी गराए । उहाँको अनुसार, नेपालीहरुको महान चाड दशै, दिपावली, छठ र बकरीदसंगै १५ गतेको चाड पनि थपिएको हो । यो हाम्रो लागि पर्व नै हो, यसमा सबैको साथ र सहयोग अपरिहार्य होस् भन्दै शान्ती सु व्यवस्थाका लागि श्रेष्ठले कामना गर्नुभएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page