राजनीति

सप्तरीमा ६८ स्वतन्त्रसहित १ सय ८१ जनाको उम्मेदवारी

कञ्चनरुप (सप्तरी) । आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि विभिन्न पार्टी र स्वतन्त्र गरि १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सप्तरीमा ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्यका लागि आइतबार विभिन्न पार्टी तथा स्वतन्त्र गरि १ सय ८१ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार प्रतिनिधीसभा सदस्य तर्फ ७० र प्रदेशसभा सदस्य तर्फ १ सय ११ गरी जम्मा १ सय ८१ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधीसभा क्षेत्र नम्बर १ मा २०, क्षेत्र नम्बर २ मा १६, क्षेत्र नम्बर ३ मा १८ र क्षेत्र नम्बर ४ मा १६ गरी ७० जनाले उम्मेदवारी दिएका छन् भने प्रदेशसभा तर्फ ९६ पुरुष र १५ जना महिला गरी १ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधी सभा तर्फ १ महिला र २६ पुरुष तथा प्रदेश सभा तर्फ ३५ पुरुष र ६ महिला गरी ६८ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जनाइएको छ ।
सप्तरीको १ बाट नेपाली कांग्रेसका रामदेव साह तेली, जनता समाजवादी पार्टीबाट नवलकिशोर साह सुडी, स्वतन्त्रबाट डा. रोहितकुमार पोखरेल, अशोक कुमार मण्डल (अमर) सहित २० जनाको मनोनयन परेको छ।
त्यसैगरी सप्तरी २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत,पाँच दलीय गठबन्धनको लोसपा नेपालबाट जयप्रकाश ठाकुर, स्वतन्त्रबाट विरेन्द्र कुमार मिश्रा र चार स्वतन्त्र उम्मेदवारसहित १६ जनाको उम्मेदवारी परेको मुख्यनिर्वाचन अधिकृतको कार्यालय सप्तरीले जानकारी दिएको छ।

सप्तरीको ३ बाट नेकपा (एमाले) का ताराकान्त चौधरी, कांग्रेसका दिनेश यादव, जनमत पार्टीबाट अनिस अनसारीसहित १८ जनाको उम्मेदवारी परेको छ। सप्तरीको ४ बाट कांग्रेसबाट तेजुलाल चौधरी, जसपाबाट बालकिशोर यादव, बहुजन शक्ति पार्टीबाट विश्वेन्द्र पासवासहित १७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।
यसैगरी प्रदेश सभा सदस्यतर्फ क्षेत्र नम्बर १ (क) बाट एमाले–जसपा गठबन्धनबाट एमालेका राज कुमार लेखी, सत्तारुढ गठबन्धनबाट अशोक कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेश परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम आशिष शर्मा, स्वतन्त्रबाट शम्भु बहादुर खड्का, हेमराज तातेड, (ख) को प्रदेश सभा सदस्यमा जसपा–एमाले गठबन्धनबाट जुपाका सुदम्बर यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट वलदेव साँफी, स्वतन्त्र उम्मेदवारमा रामचन्द्र मण्डल, संतोष कुमार रजकले मनोनयन दर्ता गराएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (क) बाट एमाले –जसपा गठबन्धनबाट शैलेन्द्र प्रसाद साह, सत्तारुढ गठबन्धनबाट सरोज कुमार मण्डल, जनमत पार्टीबाट सतिश कुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जय नारायण मण्डल, जनता प्रगतिशील पार्टी नेपालबाट सत्यनारायण मुखिया, हाम्रो नेपाली पार्टीबाट कान्हैया कुमार ठाकुर, नेपाल सद्भावना पार्टीबाट गंगा प्रसाद यादव, नेपाली काँग्रेस (बिपि) बाट राम नारायण राय,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कालिचन्द्र राय, नेपाल मजदुर किसान पार्टीबाट विणादेवी यादव, स्वतन्त्रबाट कामेश्वर मण्डल, गिरधर मण्डल, पुनिता कुमारी ठाकुर, धिरेन्द्र कुमार साह,चन्द्रकला सिंहले मनोनयन दर्ता गराए ।
यसैगरी क्षेत्र नम्बर २ को (ख) मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उमेश कुमार यादव, एमाले जसपा गठबन्धनबाट लक्ष्मण यादव, जनमत पार्टीबाट महेश कुमार यादव,नेपाल संघीय समाजवादी पार्टीबाट मो.फरमुद, हाम्रो नेपाली पार्टीबाट खेलानन्द कुमार दास,नेपाली काँग्रेस (विपि) बाट प्रतिमा कुमारी देव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट फुदनलाल खंग, नेपाल मज्दुर किसान पार्टीबाट महिदेव प्रसाद चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी फलेन्द्र मण्डल, स्वतन्त्रबाट सकुन्तलादेवी यादव,रिंकुदेवी यादव,दुर्गानन्द यादवले मनोनयन दर्ता गराए ।
यसैगरी क्षेत्र नम्बर ३ (क) बाट सत्तारुढ गठबन्धनबाट मो. समिम, एमाले –जसपा गठबन्धनबाट जोगेन्द्र भगत, जनमत पार्टीबाट राम प्रसाद मण्डल राजधोव, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राम कुमार यादव,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुदेव चौधरी, स्वतन्त्रबाट गनु प्रसाद साह,पप्पु कुमार यादव,संजिव नारायण यादव, महेन्द्र प्रसाद चौधरी, मो. आलम, राजेश कुमार यादव, मो. कादिर, राम कुमार यादव रहेका छ्न । यसैगरी (ख) तर्फ जसपा–एमाले गठबन्धनबाट विदेश्वर यादव बिक्की, सत्तारुढ गठबन्धनबाट गजेन्द्र कुमार मण्डल, नेपाली काँग्रेसबाट भगवती प्रसाद यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट डोमनी देवि राम, जनमत पार्टीबाट शम्भु कुमार साह नागरिक उन्मुक्ति पार्टीबाट भुवनेश्वर चौधरी, स्वतन्त्रबाट अरमेन्द्र यादव, राधेश्याम पंडित, श्रीकान्त राउत लगायतका छन् ।
यसैगरी क्षेत्र नम्बर ४ (क) को एमाले –जसपा गठबन्धनबाट वालकृष्णा चौधरी थारु, सत्ता गठबन्धनबाट एसका गोविन्द बहादुर न्यौपाने, जनमत पार्टीबाट रोशन प्रसाद भगत, नागरिक उन्मुक्ति पार्टीबाट भुबमेश्वर चौधरी थारु लगायतका छन् । (ख)बाट जसपा–एमाले गठबन्धनबाट अविषेक यादव, सत्तारुढ गठबन्धनबाट इन्द्रदेव यादव, नागरिक उन्मुक्ति पार्टीबाट भरत कुमार चौधरी थारु रहेका छन् ।
निर्वाचनका लागी जिल्लामा ४ लाख १८ हजार ३ सय ७४ मतदाता छन भने ५ सय ३६ मतदान केन्द्र तोकिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page