समाचार

सप्तरीमा सरकारले ल्याएको अध्यादेश अविलम्ब प्रमाणीकरण गरियोस भन्दै प्रदर्शन र धर्ना

राजविराज, २९ मङ्सिर । सरकारले ल्याएको अध्यादेश अविलम्ब प्रमाणीकरण गरियोस भन्दै बिहीबार विभिन्न थारु संघसंस्थाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा धर्ना दिएका छन् ।
रेशम चौधरीसहित थरुहट आन्दोलनका योद्धाहरुलाई रिहाई गर्ने उद्देश्यले सरकारले ल्याएको अध्यादेशलाई अविलम्ब प्रमाणीकरण गर्न माग गर्दै थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सप्तरी, थरुहट, थारुवान संयुक्त संघर्ष समिति, थारु विद्यार्थी समाज, थारु महिला समाज लगायतले प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।

सरकारले हालै ल्याएको अध्यादेश प्रमाणीकरण गर्न दवाव दिन कार्यक्रम आयोजना गरेको थारु विधार्थी नेता सरिता चौधरीले बताइन् । उनले सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिईन् ।
राजविराजस्थित राजरंगशालाबाट बिभिन्न नारा उल्लेखित प्यलेकार्ड र नाराजुलुशसहित प्रदर्शनमा उत्रिएका थारु संघसंस्थाको जुलुस नगरपरिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर १० मिनेट घर्ना बसेको थियो ।
सरकारले गएको आइतवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page