समाचार

स्ववियु निर्वाचनः महेन्द्र बिन्देश्वरी ब. क्याम्पस राजबिराजमा १० संगठन प्रतिस्पर्धामा

कञ्चनरुप (सप्तरी) । चैत ५ को स्वतन्त्र विधार्थी युनियन (स्ववियु) निर्वाचनका लागि सप्तरीको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा १० वटा संगठनले दर्ता गराएका छन्।
स्ववियु निर्वाचनका लागि संघ, संगठन र समूह दर्ताका लागि शुक्रबार बिहान १० देखि अपरान्ह ३ बजेसम्मको समय निर्धारण गरिएको थियो। निर्धारित अवधिमा १० संगठनले दर्ता गराएका छन् । दर्ता गराइएका सबै राजनीतिक दलगत संघसंगठन छन्।
संगठन दर्ता गराउँनेमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विधार्थी संघ (नेविसंघ), समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, लोकतान्त्रिक विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, आम विद्यार्थी मोर्चा, राष्ट्रिय विद्यार्थी परिषद र विद्यार्थी जनमत संघ छन् ।
स्ववियु निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका रहेको छ ।
२१ सदस्यिय स्ववियुका लागि चैत ५ मा हुने निर्वाचनका लागि शुक्रबार देखि निर्वाचन प्रक्रिया सुरु भएको छ।
सभापति, सचिव र कोषाध्यक्षसहित ३ पदाधिकारी र ८ सदस्य गरी ११ पदमा प्रत्यक्ष निर्वाचन हुनेछ भने उपसभापति, सहसचिव र ८ सदस्य भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन गरिने छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page