धर्म संस्कृति समाचार

धर्मेश्वर महादेव धारापानी, पर्यटन क्षेत्र परिसरमा सरसफाइ

कञ्चनरुप, ३ माघ । सप्तरीको ऐतिहासीक पर्यटकिय क्षेत्र धर्मेश्वर महादेव धारापानी, पर्यटन क्षेत्र कञ्चनरूप-१२ धरमपुरमा एक कार्यक्रमको आयोजना गरी सर-सफाई कार्यक्रम सम्पन्न गरिए‌को छ ।
बुधवार सशस्त्र प्रहरी दन्तकाली गण ब‌रमझियाका सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र खड्काको नेतृत्वमा आएको टोली, पर्यटन क्षेत्रका पदाधिकारीहरु र स्थानीय बासीहरु मिलेर संयुक्त रूपमा पर्यटन क्षेत्र परिसरमा सरसफाई गरेको १२ नम्बर वडाका वडा सदस्य दिपक भट्टराईले बताउनु भयो ।
अति महत्त्वपूर्ण धार्मिक र पिकनिक स्पोर्ट समेत रहेको यस क्षेत्रको विकासका साथै वेला बेलामा सरसफाई हुन अति नै आवश्यक हुने भएकाले हामी सबै मिलेर यस ठाउँमा सर-सफाई गरेको सशस्त्र प्रहरी निरिक्षक खड्काले बताउनुभयो ।
पर्यटन क्षेत्र भित्र प्रशिद्ध धर्मेश्वर महादेवको मन्दिर रहेकाले पनि यस ठाउँमा पूजापाठ गर्न र दर्शन गर्न भक्तजनहरू आइरहने र वनभोज खाने प्रसिद्ध ठाउँ समेत रहेकाले हामीले बेला बेलामा सरसफाई गरि रहेका छौं, तर आज विशेष कार्यक्रमको आयोजना गरी अभियान कै रुपमा सरसफाई गरिएको पर्यटन क्षेत्रका अध्यक्ष लिल बहादुर मगर (सोम) ले बताउनु भयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page