कोशी प्रदेश समाचार

जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

बिराटनगर, ४ माघ । जबरजस्ती करणी मुद्धाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेमा ओखलढुङगाको मोलुङ गाउँपालिका १ का ४३ वर्षीय कृष्ण गिरी रहेका छन ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार ईटहरीबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्धामा सम्मानित जिल्ला अदालत ओखलढुङगाको २०७९ चैत्र १२ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष ६ महिना कैद जरिवाना तोकिएको थियो ।
पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाइएको कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगरले जनाएको छ ।

   

You cannot copy content of this page