कोशी प्रदेश

झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु ,उनकै श्रीमान् बिनोद राई पक्राउ

झापा, माघ १९ गते । झापामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले उनकै श्रीमानलाई पक्राउ गरेको छ ।
इलामको माङसेबुङ गाउँपालिका ३ घर भई हाल दमकमा कोठा भाडा लिई बस्दै आएका ३४ बर्षीय बिनोद राईलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । आपसी बिवादको क्रममा श्रीमती २८ वर्षिया ममिला राईलाई कुटपिट गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
ममिला माघ १७ गते राती सुतेको र १८ गते बिहान अवेर सम्म नउठेपछि उठाउन खोज्दा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेकी थिईन् ।
उक्त घटनाको जानकारी ईलाका प्रहरी कार्यालय दमकमा प्राप्त हुनासाथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतक महिलाको शरिरको बिभिन्न भागमा चोटपटक लागेको अवस्थामा फेला पारेकोले मृतकको श्रीमानलाई घटनास्थलबाट नै पक्राउ गरेको थियो ।
पक्राउ परेका राईको थप अनुसन्धान भईरहेको छ भने मृतक महिलाको लाश पोष्टमार्टम पश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page