समाज

रेडियो नेपाल दिपायलमा कार्यरत कञ्चनरुपका पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । डोटीमा सप्तरीको कञ्चनरुपका ३२ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ८ घर भई हाल उनी रेडियो नेपाल दिपायलमा कार्यरत थिए ।
२२ गते अस्पतालमा भर्ना भएका उनको जिल्ला अस्पतालबाट रिफर गरिसके पछि शुक्रबार बिहान बाटोमा एम्बुलेन्स मै मृत्यु भएको हो ।
अक्सिजनको सहारामा उपचार भइरहेका उनलाई भेन्टिलेटरको आबस्यकता परेपछि रिफर गरिएको थियो ।
उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page